असोज ७, कठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से १९.४२ अंक (०.९५ प्रतिशत)ले घटेर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।
आज
नेप्से परिसुचक सँगै कारोबार रकम पनि घटेको छ । यस दिन २८५ वटा धितोपत्रको ९० लाख
३ हजार ९४१ कित्ता सेयर किनबेचबाट २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँको
कारोबार भएको हो।
यस दिन
तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
यसदिन
हिमालयन लघुवित्त, स्वरोजगार लघुवित्त, र एशियन हाइड्रोपावरको सेयर मूल्य १०
प्रतिशतले बढेको हो भने सेयर मूल्य सर्वाधिक घट्नेमा शुभम् पावर रहेको छ ।
आइतबार नेप्सेमा माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.९९ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको छ ।
- न्युज बहार संवाददाता