मंसिर ५, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचकमा २३.८२ अंकको गिरावट आएको छ । नेप्से
परिसूचक यसदिन १.२८ प्रतिशतले घटेर १८२९.६५ बिन्दुमा बन्द भएको छ।
आज मंगलबार
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन
२८५ वटा धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेचबाट ९५ करोड ४ लाख ७९
हजार ५८३ रुपैयाँको कारोबार भएको छ।
आज
नेप्सेमा मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशतले बढेको छ सेयर
मूल्य सर्वाधिक ९.९४ प्रतिशतले घट्नेमा माथिल्लो मैलुङ खोला जलविद्युत रहेको छ।
यसदिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी
आज
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ०.४२ प्रतिशतले म्युचुअल फण्ड परिसूचक बढेको
छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
आज सर्वाधिक
०.४२ प्रतिशतले उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता