असार २६, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक २५.८९
अंकले बढेर २७३१.८० विन्दुमा बन्द भएको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बजारमा यस
दिन ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार
रुपैयाँबराबरको २ करोड ६४ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक ८.१५
प्रतिशतले माइ खोला हाइड्रोपावरको शेयरमूल्य बढेको छ। कारोबारमा आएको कर्पोरेट
डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर
एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७
हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
यस दिन सर्वाधिक ३.०२
प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ । यस दिन व्यापार र जलविद्युत
उपसमूहको परिसूचक सामान्य घटेको छ।
- न्युज बहार संवाददाता