साउन
९, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३६.१९ अंक (१.६४
प्रतिशत) ले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ।
मंगलबार
नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
यस दिन २६७
वटा धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेचबाट २ अर्ब ९१ करोड ७ लाख ३२
हजार ४१८ रुपैयाँको कारोबार भएको छ।
घटेको बजारमा मंगलबार किसान लघुवित्तको सेयर भने मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ साथै नबिल डिवेञ्चर २०८५ को मुल्य सर्वाधिक घटेको ।
यस्तै मंगलबार नेप्सेमा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहको परिसूचक घट्दा होटल्स तथा पर्यटन समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ ।
- न्युज बहार संवाददाता