Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

के अब हट्दै छ आइपिओमा पुगेसम्म १० कित्ता सेयर दिनैपर्ने व्यवस्था ? यस्तो छ धितोपत्र बोर्डको तयरी

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

मंसिर २५, काठमाडौँ । सेयरको सार्वजनिक निष्कासन आइपिओमा हाल आवेदकलाई पुगेसम्म १० कित्ता सेयर दिनैपर्ने नीतिको पुनरावलोकन धितोपत्र बोर्डले गर्ने भएको छ।

बोर्डले यस नीतिको विषयमा पुनरावलोकन गर्नकालागि सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आइक्यान) का उपाध्यक्ष प्रविण कुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ।

यस समितिमा अम्बिका प्रसाद गिरी, मुक्तिनाथ श्रेष्ठ र भोलानाथ ढुंगाना रहेका छन्। 

सेयर बजार विस्तारको लागि भन्दै आइपिओमा आवेदन दिनेलाई पुगेसम्म कम्तीमा १० कित्ता सेयर दिनैपर्ने नीति यसअघिका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले अभ्यासमा ल्याएका थिए। 

त्यसअघि सम्म न्यूनतम ५० कित्ताभन्दा कमको लागि सेयरमा आवेदन नै दिन नपाइने व्यवस्था रहेको थियो । 

१० कित्ताको नीति हटाएर आवेदनको लागि न्यूनतम २ सय ५० कित्ता दिन सकिने व्यवस्था अभ्यासमा ल्याउने हालका अध्यक्ष रमेश हमालले बताउँदै आएका छन्।

त्यसैको पुनरावलोकन गर्न समिति बनाइएको हो। 

  • न्युज बहार संवाददाता

थप