कार्तिक २१, काठमाडौँ । सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अब छ महिना सम्म आईपीओको सेयर बेच्न नपाउने भएको छ। सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म म्युचुअल फण्डले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर बेच्न नपाउने भएका हुन ।
सोमबार बोर्डले एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको जानकारी दिएको छ । बोर्डको सार्वजनिक निर्देशन अनुसार ‘सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने, सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले छ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन्।’
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम उक्त व्यवस्था गरेको जनाएको छ ।
- न्युज बहार संवाददाता