भदौ ७, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ
१५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ।
सिटिजन
लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ
प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो।
कम्पनिको
रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको छ ।
उक्त
आइपिओमा भदौ १५ गते देखी भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको
आइपिओमा न्यूनतम १० कित्ता देखी अधिकतममा १५ लाख कित्ता सम्मका लागि आवेदन दिन
सकिनेछ । एनआइएमबी एस क्यापिटल लिमिटेड कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक
रहेको छ।
इक्रा
नेपालले कम्पनीलाई 'इक्रा
एनपी इस्युअर रेटिङ ट्रिपल बी' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको
वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको
जनाउँछ।
यस कम्पनिमा लगानी गर्न चाहने लगानिकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' बाट अनलाइन आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता