Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि हिमालयन रि इन्स्योरेन्सको आईपीओ आवेदन दिन सकिने

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, काठमाडौँ । आजदेखि हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने छ । प्रिमियम मूल्यमा यस कम्पनीले आजदेखि आईपीओ निष्काशन गर्न लागको हो ।

अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा कम्पनीले आईपीओको बिक्री खुला गरेको हो । यस कम्पनिको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

कम्पनीले आइपिओ निष्कासनका लागी गराएको रेटिङमा इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ए' प्रदान गरेको छ। यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको जनाउँछ।

एनएमबी क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

यस कम्पनीको आइपिओमा लगानिकर्ताहरुले आज बिहान १० बजेदेखी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्राणालीमार्फत् आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप