मंसिर
२, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको
छ।
आज
नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार
रकममा पनि सामान्य बृद्धी भएको छ । बजारमा यस दिन ३२६ स्टकको १ लाख १३ हजार २५२
पटकको कारोबारमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार
कित्ता शेयर खरिदबिक्री भएको हो ।
आज तीन स्टक स्वाभिमान लघुवित्त वित्तीय संस्था, उन्नती
सहकार्य लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला
हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा
आएको गुराँस लघुवित्त वित्तीय संस्था र समृद्धि फाइनान्सको शेयर भने सर्वाधिक १०
प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष
स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बृद्धी छ भने ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ
।
यस दिन सर्वाधिक २.२१
प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक १.६३
प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता