साउन
१४, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन सेयर बजार परिसुचक नेप्सेमा
करेक्सन आएको छ।
अघिल्लो
दिनको उच्च वृद्धि (११३ अंक) पछि लगानीकर्ताहरुले नाफा बुक गरेकाले यस दिन
नेप्सेमा करेक्सन देखिएको हो। आज नेप्से परिसूचक २०.४६ अंक(०.७३ प्रतिशत) ले घटेर
२६६१.०९ विन्दुमा बन्द भएको छ।
नेप्से घट्दा पनि आज
भोल्यूममा भने बृद्धी नै भएको छ। बजारमा यस दिन ३२५ स्टकको २ लाख २२ हजार ६६०
पटकको कारोबारमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार
कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक ९.७७ प्रतिशतले नेपाल फाइनान्सको
शेयरमूल्य बढेको छ भने सर्वाधिक ८.३५ प्रतिशतले आरम्भ चौतारी लघुवित्त वित्तीय
संस्थाको शेयरमूल्य घटेको छ।
यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष
स्थानमा रहेको छ। उक्त कम्पनीको आज ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको
छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ ।
यस दिन सर्वाधिक १.८८ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको हो भने लघुवित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी घटेको छ ।
- न्युज बहार संवाददाता