Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिओ टु बिओ शेयर ट्रान्सफर अब अनलाइन हुने, एकै दिन तिन तिर धाउन नपर्ने

  •   ३ वर्ष अघि | ११ फाल्गुन २०८०, शुक्रबार

फागुन ११, काठमाडौँ । अब एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर सार्ने प्रक्रिया (बिओ टु बिओ शेयर ट्रान्सफर) अनलाइन हुने भएको छ। सिडिएससि (केन्द्रीय निक्षेप प्रणाली)ले बिओ टु बिओ शेयर ट्रान्सफर अब अनलाइन गर्न लागेको हो।

एउटै व्यक्तीको एउटा डिम्याट खाताबाट अर्को खातामा शेयर सार्न यस अघि झन्झटिलो प्रक्रिया रहेको थियो।

कुनै पनि एक व्यक्तिले दुई वटा मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था छ । अहिले दुई मध्ये जुन सुकै खातामा शेयर सार्न लगानीकर्ताले तीन ठाउँमा दौडा दौड गर्नु पर्ने झन्झटिलो प्रकृयाको अन्त्य गर्नको लागी सिडिएससिले यो व्यवस्था ल्याउन लागेको हो ।एउटा खाताबाट अर्को खातामा शेयर सार्न अहिले अनिवार्य रुपमा तीन ठाउँमा एकै दिन पुग्नै पर्छ । तीन ठाउँको अनुमति नलिएसम्म शेयर एउटा खाताबाट अर्को खातामा ट्रान्सफर नहुने अहिलेको व्यवस्था छ । सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सोही असहजतालाई मध्यनजर गर्दै बिओ टु बिओ शेयर ट्रान्सफर अनलाइन गर्न लागिएको हो भने अहिले दैनिक ५०/६० वटा बिओ टु बिओ निवेदन आउने गरेको र लगानीकर्ताले तीन ठाउँ एकै दिन घुम्नै पर्ने बाध्यता रहेकोले यसलाई अनलाइन गर्न लागिएको हो ।

प्रमुख कार्यकारी अधिकृत आचार्यले अहिले सफ्टवेयरको काम भइरहेको बताएका छन । सफ्टवेयरको तयार भए लगत्तै लगानीकर्ताले सो सुविधा पाउने उनले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप