Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१८.७६ अंकले घटेको शेयर बजारमा बरुण हाइड्रोपावरको सर्वाधीक कारोबार

  •   २ वर्ष अघि | ४ असार २०८१, मङ्लबार

असार ४, काठमाडौँ । मंगलबार नेप्से परिसूचक घटेको छ

यस दिन नेप्से परिसूचक १८.७६ अंक (०.८९ प्रतिशत)ले घटेर २०७६.४९ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१८ स्टकको ५८ हजार ११९ पटकको कारोबारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

घटेको नेप्सेमा आज समाज लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दुई स्टक मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ११ करोड २७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक १.१६ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप