Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेमा १२.५८ अंकको बृद्धी

  •   २ वर्ष अघि | ६ माघ २०८१, आइतवार

माघ ६, काठमाडौँ । नेप्से परिसूचक आइतबार साताको पहिलो कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ।


आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बजारमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका  १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक २.५७ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

  • न्युज बहार संवाददाता

थप