Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से ३६.८६ अंकले बढेपछी बजारमा उत्साह

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । आज मंगलबार नेप्से ३६.८६ अंकले बढेपछी बजारमा उत्साह देखिएको छ। यसदिन नेप्से परिसूचक १९८५.४४ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ।

यस दिन २९७ वटा धितोपत्रको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेचबाट ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रूपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा २१४ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट समेत लागेको छ भने सिवाइसी नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.११ प्रतिशतले घटेको छ ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै १३ वटानै समूहको परिसूचक बढेको छ ।

आज होटल्स तथा पर्यटन समूहमा परिसूचक सर्वाधिक ४.३३ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप