Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२८.६२ अंकले बढ्यो नेप्से, लघुवित्त कम्पनिमा लगानीकर्ताको आकर्षण

  •   २ वर्ष अघि | १ जेष्ठ २०८१, मङ्लबार

जेठ १, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । आज हाइड्रोपावर र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ । आज नेप्से सूचक २८.६२ अंक (१.४३ प्रतिशत)ले बढेर २०२७.५१ बिन्दुमा बन्द भएको छ ।

आज नेप्से सँगै कारोबार रकम पनि बढेको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर कारोबार भएको छ।

यस दिन १० प्रतिशतले समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको शेयरमूल्य बढेको छ । आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमको आधारमा सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमुहको परिसुचकमा १३ वटै उपसमूहको सूचक बढेको छ । यसदिन सबैभन्दा धेरै ३.४४ प्रतिशतले माइक्रोफाइनान्स उपसमूहको सूचक बढेको छ भने ३.२२ प्रतिशतले हाइड्रोपावर उपसमूहको सूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप