Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कस्तो रहला आजको मौसम, वर्षा हुने सम्भावना छ कि छैन?

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रही बागमती प्रदेश, कोशी प्रदेश  र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभावले अहिले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको  छ भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा  बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश, गण्डकी प्रदेशर बागमती प्रदेशको पहाडी भूभागमा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप