Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज शुक्रबारको मौसम : बागमती लगायत पाँच प्रदेशमा वर्षा

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

जेठ १८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभाव तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। अहिले कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज शुक्रबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति  गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेश, का थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

  • न्युज बहार संवाददाता

थप