असोज २४,
काठमाडौँ । नेपालमा हाल पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ
। यसको प्रभावले हाल मधेस प्रदेश र कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा
भइरहेको छ ।
आज बुधबार
दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही चारै प्रदेशको एक दुई स्थानमा
चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी
आज राति भने बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग
सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता