Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको मौसम: तिन प्रदेशमा हिमपात, पहाडी भूभागमा आंशिक बदली

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू-भागको मौसम सफा रहेको छ ।

आज बिहिबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनुका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप