कार्तिक
१, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ। यसको प्रभावले हाल सुदूरपश्चिम
प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि
सामान्य बदली रहेको छ।
मौसम
पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य
बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी
भूभागका थोरै स्थानहरूमा
चट्याङ्गसहित हल्का वर्षाको
सम्भावना रहेको छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा
हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका
पहाडी भूभागका एक–दुई
स्थानमा आज राति चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता