Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजको मौसम : आंशिक देखि साधरणतया बदली रही वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ   

आज आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सफा रहने छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशकोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति पनि कोशी प्रदेश, मधेस प्रदेश र  सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

  • न्युज बहार संवाददाता

थप