कार्तिक
२७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको
सामान्य प्रभाव रहेको छ। यसको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ भने उच्च
पहाडी तथा हिमाली भू–भागका
एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश
लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी
भू–भागको
मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता