फागुन
२३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून
चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशको
केहि भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको
छ।
आज बुधबार
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा
मौसम मुख्यतया सफा रहने छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी
प्रदेश र कोशी प्रदेश
तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का
हिमपातको सम्भावना रहेको छ।
आज राति
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी
भूभागमा मौसम मुख्यतया सफा रहने छ भने केही प्रदेशमा हल्का हिमपातको सम्भावना
रहेको छ ।
- न्युज बहार संवाददाता