कार्तिक
६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ। सोमबार देशको
पहाडी भू-भागमा सामान्य आंशिक देखि बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहने
महाशाखाले जनाएको छ।
आज गण्डकी
प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको
पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
रहेको छ भने आज यी तिन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा
हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता