फागुन
२१, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून
चापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले सोमबार देशका पहाडी भू-भागमा आंशिक
देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली र मौसम सफा रहने पुर्वानुमान
गरिएको छ ।
आज कर्णाली
प्रदेशका साथै गण्डकी प्रदेशका पनि पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी
प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको
छ।
त्यसैगरी
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना
रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता