Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको मौसम : वर्षा हिमपात र हावाहुरीको सम्भावना

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय  वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको  छ। यसको अहिले प्रभावले लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कर्णाली प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै र बाँकी  पहाडी भूभागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशका पहाडी भूभागमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत पर्वतारोहण, पर्यटन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप