Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको मौमस: पाँच प्रदेशमा वर्षा र एक प्रदेशमा हावाहुरीको सम्भावना

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि बिगत केही दिन जस्तै नेपालमा स्थानीय वायु,  पश्चिमी वायुका साथै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।  यसको प्रभावले सोमबार कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सफा रहने छ । 

आज कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

  • न्युज बहार संवाददाता

थप