जेठ ८, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय
र पश्चिमी
वायु तथा विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको
प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा
मौसम आंशिक बदली देखि सफा रहेको छ भने लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का
वर्षा भइरहेको छ ।
आज मंगलबार
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रही लुम्बिनी प्रदेश र कोशी प्रदेश
लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि
मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज
राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम
मुख्यतया सफा रहने छ। र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका थोरै
स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र
हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता