चैत १५, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको
संयुक्त प्रभाव रहेको छ । यी दुबैको संयुक्त प्रभावले अहिले देशका पहाडी भूभागमा
आंशिकदेखि साधरणतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको
पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज बिहिबार
दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ । गण्डकी
प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी
पहाडी भूभागका एक–दुई
स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली
प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
त्यसैगरी
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी
प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका थोरै तथा बाँकी
पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र देशका उच्च पहाडी तथा
हिमाली भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता