जेठ १०, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै
विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको
प्रभावले अहिले मधेस प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का
वर्षा भइरहेको छ ।
आज
बिहिबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनुका साथै कोशी प्रदेश, मधेस प्रदेशलगायत पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ
तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी
आज राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश र गण्डकी प्रदेशको
पहाडी भूभागका एक–दुई
स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको
छ ।
- न्युज बहार संवाददाता