असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो
यी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहि गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा
मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन
सक्ने सम्भावना रहेको छ।
आज राति गण्डकी
प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश र मधेसका केही स्थानहरूमा तथा
बाँकी भू–भागका एक–दुई स्थानमा मेघ
गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि
सम्भावना महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता