Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा बाक्लो बादल, केही भागमा हल्का वर्षा

  •   २ वर्ष अघि | २ फाल्गुन २०८०, बुधबार

फागुन २, काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानको मौसम बदली भएको छ । मौसम बदलीको प्रमुख कारण पश्चिमी वायु र बंगालको खाडीको वायुका रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

देशका विभिन्न स्थानमा आज बिहानैदेखि बादल र कुहिरो लागेको छ । पश्चिम  वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीले जनाएका छन ।

उनका अनुसार सुदूरपश्चिम का पहाड र तराई तथा कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ भने देशको अन्य भाग कर्णालीदेखि वागमती  प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो लागेको छ ।

उप्रेतीले केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको बताएका छन । उनका अनुसार बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना छ । 

  • न्युज बहार संवाददाता

थप