बैशाख
२३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय
वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागको मौसम सफा रहेको छ।
आज आइतबार
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली देखि मौसम सामान्यतया
सफा रहने छ । आज कोशी प्रदेशका केही र अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा पर्ने तराईका थोरै स्थानहरूमा
हावाहुरीचल्न सक्ने सम्भावना रहेको छ ।
त्यसैगरी
आज राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश
र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश लगायत कोशी प्रदेशका तराईका थोरै
स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता