साउन २६, काठमाडौँ । अहिले देशभर मनसुनी तथा विहारको उत्तरी भू-भाग आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। यसको सबै प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता