मंसिर २८, काठमाडौँ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान महाशाखाद्वारा गरिएको छ । जलवायु परिवर्तन लगायतका कारणले पछिल्लो समय कहिले सरदरभन्दा धेरै पानी पर्ने त कहिले पर्दै नपर्ने जस्ता समस्याहरु देखा पर्न थालेका छन ।
हिउँद
अवधि मङ्सिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको अवधिमा देशभर सरदरभन्दा कम वर्षा
हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान महाशाखा
(हावापानी विश्लेषण शाखा) ले जनाएको छ । त्यस्तै यस समयमा देशभर अधिकतम तापक्रम र
न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना रहेको छ ।
पुर्वानुमान अनुसार हिउँद
अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको हो ।
- न्युज बहार संवाददाता