मंसिर
२५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज सोमबार देशका पहाडी भू-भागमा आंशिक
बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज कर्णाली
प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले
देशभरिको तापक्रममा क्रमश गिरावट आएको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक
सतर्कता अपनाउन अनुरोध गरेको छ ।
- न्युज बहार संवाददाता