जेठ १४, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको सबै स्थानमा
स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको
छ। यसैको प्रभावले आज सोमबार गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश
र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही
बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ।
बागमती
प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका
केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता