Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोली मंगलबारदेखि मनसुन सक्रिय हुने, सतर्कता आपनाउन अनुरोध

  •   २ वर्ष अघि | २१ साउन २०८१, सोमवार

साउन २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा भोली मंगलबार र बुधबार मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा रेड अलर्ट समेत जारी गरिएको छ ।

महाशाखाले मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप