भदौ २२, काठमाडौँ । देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुने महाशाखाका मौसमविद् बिनु महर्जनले उल्लेख गरेकी छन । उनले हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको जानकारी दिए ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता