Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब फेरी ठूलो वर्षाको सम्भावना छ?

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । मौसमबिदहरुका अनुसार अब तत्कालका लागि ठूलो वर्षाको सम्भावना टरेको छ । तर मनसुन लम्बिने संकेत भने रहिरहेको छ । मनसुनिय प्रणाली रहीरहेकोले तत्काल वर्षा साम्य हुने सम्भावना भने नरहेको मौसमबिदहरुले बताएका छन । अब मनसुन समाप्त नभएपनि एकै ठाउँमा ठूलो वर्षा हुने, लगातार झरी परेर जनजीवन अस्तव्यस्त हुने सम्भावना भने टरेको छ ।

मौसमबिदका अनुसार मनसुन रहँदासम्म वर्षा हुने सम्भावना छ, तर ठूलो पानी पर्ने अवस्था देखिएको छैन, सोमबार र मंगलबार गण्डकी प्रदेश, कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

'अर्को तर्फ पानि पर्न रोकिए पनि भू-क्षयको जोखिम भने कायम रहेको छ । वर्षाभरि पानी परेर माटो गलेको हुनाले यसले भू-क्षयको जोखिममा रहेका स्थानमा पहिरो जाने खतरा बनिरहेको हुन्छ । हामिले त्यस्ता स्थानमा र यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

रातको समय र पहाडी भेगको यात्रा गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ।

हामी नेपालीहरुको सावधानी अपनाउने बानी कम छ। मनसुन लम्बिने संकेत देखिइसकेकाले चाडबाडको बेला भए पनि रातको यात्रा गर्नु जोखिमयुक्त नै रहेको छ । विशेष त पहाडी भेगमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

यसपटकको अविरल झरीले काठमाडौँ उपत्यकामा सबभन्दा बढी क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । उपत्यकामा मात्र ५२ जनाको मृत्यु भएको छ । त्यस्तै बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७, मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार र शनिबारको प्रकोपबाट ६४ जना बेपत्ता भएका छन् भने ६१ जना घाइते भएका छन ।

धादिङ नौबीसेस्थित झ्याप्ले खोलाको पहिरोमा परि कम्तीमा चारवटा सवारी साधन पुरेको आशंका गरिएको छ । पहिरोबाट अहिलेसम्म ३५ जनाको शव निकालिएको छ ।

  • न्युज बहार संवाददाता

थप