फागुन २८, काठमाडौँ । नेपालमा भोली (बिहिबार)
र पर्सी (शुक्रबार) रंगहरुको पर्व होली मनाइँदै छ । जल तथा मौसम विज्ञान विभागका
मौसमविदका अनुसार भोली र पर्सी (फागुन २९ र चैत १ गते) को दिन पनि राम्रोसँग घाम लाग्ने
छैन ।
यस वर्षको
होली पर्व पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते परेको छ ।
मौसमविदका
अनुसार होलीसम्म घाम राम्रोसँग लाग्ने छैन भने आगामी तीन दिनसम्मै घाम खुलेर नलाग्ने
र घाम–बादल, घाम–बादल मात्रै भइरहने सम्भावना छ ।
अहिले
नेपालमा स्थानीय वायु र पश्चिमी वायुका साथै बंगालको खाडीबाट पनि हल्का खालको
जलवाष्पयुक्त वायुको प्रभाव छ । यही वायुको प्रभावले देशभर नै बादल लागिरहेको छ ।
मौसमविदहरुले
जनाए अनुसार यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने
रहेको छैन ।
- न्युज बहार संवाददाता