Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

  •   ३ वर्ष अघि | ७ फाल्गुन २०८०, सोमवार

फागुन ७, काठमाडौँ । सोमबारदेखि शुक्रबारसम्म पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

सोमबार देखि बुधबार सम्म उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमच प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरि आज सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप