जेठ २७, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेको छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज पनि देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम नघट्ने र यस कारण सो भू-भागहरूमा तातो हावा र लू चल्ने सम्भावना यथावत रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले अत्यधिक गर्मी तथा मेघ-गर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध समेत गरेको छ।
- न्युज बहार संवाददाता