Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज बागमाती लगायत अन्य प्रदेशमा अती भारी वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १४ असार २०८१, शुक्रबार

असार १४, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। यसको प्रभावले अहिले विभिन्न प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशमधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रही  कोशी प्रदेश लगायत गण्डकी प्रदेश सुदूरपश्चिम  प्रदेश, बागमती प्रदेशकर्णाली प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

त्यस्तै आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश, कोशी प्रदेश, र बागमती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ । 

  • न्युज बहार संवाददाता

थप