Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज लगातार झरी पर्ने सम्भावना

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

असोज ११, काठमाडौँ । मौसमविदहरुका अनुसार आज लगातार झरी पर्ने सम्भावना रहेको छ । मौसम  पुर्वानुमन अनुसार भोलिदेखि भने पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने र पूर्वी भागतिर कम पानी पर्ने सम्भावना रहेको छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेको र नेपालमा मनसुनी वायु कायमै रहेको छ । ती दुबैको संयुक्त प्रभावले अहिले देशभर वर्षा भइरहेको छ । यसैको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने पुर्वानुमन गरिएको छ ।

आज लगातार झरी पर्ने सम्भावना र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले बताए । उनका अनुसार आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप