Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागमा हिमपातको सम्भावना

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

माघ ८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको कारण सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। 

आज गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने छ । हुस्सु, कुहिरो र हिमपातले दैनिक स्वास्थ्य, जनजीवन, हवाई यातायात र सडक यातायातमा प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन र चिसोबाट समेत बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप