असोज ११,
काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यसको
प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको
छ । अहिले कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज
दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी
भूभागमा आंशिकदेखि सामान्य बदली रही यी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र
देशका बाँकी भूभागको एक–दुई
स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान
महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति भने बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता