माघ १६, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ । यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा
मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ भने तराईका थोरै स्थानहरूमा अहिले हुस्सु लागेको छ।
आज
दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली
प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका
एक–दुई
स्थानमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा
हल्का हिमपातको सम्भावना रहेको छ।
आज मंगलबार
राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक
देखि साधरणतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश
र कोशी प्रदेशको
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको
महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता