Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तिन प्रदेशमा आंशिकदेखि साधरणतया बदली , चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  •   २ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले अहिले बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली  रही अन्य भूभागको मौसम सफा रहेको छ ।

आज आइतबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश  र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति देशभर आंशिक देखि साधरणतया बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप