चैत २२, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको
संयुक्त प्रभाव रहेको छ। यसको प्रभावले अहिले देशभर आंशिक बदली देखि मुख्यतया मौसम
सफा रहेको छ।
आज बिहबार
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही कोशी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश,
बागमती प्रदेश र
सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ ।
त्यसैगरी
आज राति बागमती बाहेक अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही
बाँकी भूभागमा मौसम बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश
र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको र यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता